लियो डिस्ट्रिक्ट ३२५ जे नेपालको क्लब अफिसर्स स्कुलिङ, १५६ भन्दा बढीको सहभागिता

काठमाडौं । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालद्वारा आयोजित तथा काठमाडौंस्थित सम्पूर्ण लियो क्लबहरूको संयुक्त आतिथ्यमा ‘क्लब अफिसर्स स्कुलिङ’ कार्यक्रम शनिबार बसुन्धारास्थित साउथवेस्टर्न स्टेट कलेजमा सम्पन्न भएको छ ।

कार्यक्रम लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालका डिस्ट्रिक्ट भाइस डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो माधव तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपालका फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नर लायन कुश प्रसाद मल्लीले सेवामूलक नेतृत्व, अनुशासन, सहकार्य तथा उत्तरदायी कार्यशैलीमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन लियो सदस्यहरूलाई प्रेरित गरे । 

प्रमुख प्रशिक्षक लायन आर.बी. अधिकारीले प्रभावशाली तथा प्रेरणादायी प्रशिक्षण सत्र सञ्चालन गर्दै सहभागीहरूलाई नेतृत्व विकास, व्यक्तिगत क्षमता अभिवृद्धि तथा सेवामूलक जीवनप्रति उत्प्रेरित गरे । 

कार्यक्रममा डिस्ट्रिक्ट ३२५ जे नेपालका सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर लायन कृष्ण प्रसाद शर्मा, लायन सुमित्रा खड्का, साउथवेस्टर्न स्टेट कलेजका एसोसिएट चिफ डा. हरि सिंह केसी, राजेन्द्र लामिछाने, कलश स्टक मार्केटका प्रतिनिधि सालिक अधिकारी, ग्रेस इन्टरनेशनल, गिफ्ट्स हेभेनका प्रतिनिधिहरू तथा डिस्ट्रिक्ट एड्भाइजरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 

कार्यक्रमको प्रारम्भ लियो बन्दना भट्टराई र लियो मोनिका भट्टराईद्वारा प्रस्तुत आकर्षक स्वागत नृत्यबाट भएको थियो भने डिस्ट्रिक्ट ट्रेजरर लियो बिनिता बोगटीले स्वागत मन्तव्य व्यक्त गर्दै सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई स्वागत गरेका थिए ।

कार्यक्रमको संयोजन लियो प्रतीक्षा पहाडीले गरेका थिए भने सञ्चालन ट्रेनिङ पुल सेक्रेटरी लियो गणेश पाण्डेले गरेका थिए ।

कार्यक्रममा विभिन्न लियो क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव, सह-सचिव, कोषाध्यक्ष, बोर्ड तथा समिति सदस्य एवं साधारण सदस्य गरी १५६ भन्दा बढी लियो नेतृत्वकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो । 

कार्यक्रमअन्तर्गत पदअनुसार छुट्टाछुट्टै प्रशिक्षण सञ्चालन गरिएको थियो । डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो आशीष थापाले अध्यक्ष, उपाध्यक्ष तथा मेम्बरसिप ग्रोथ चेयरपर्सनहरूलाई प्रशिक्षण दिएका थिए ।

डिस्ट्रिक्ट एड्भाइजर लियो-लायन विशाल रिजालले सचिव तथा सह-सचिवहरूलाई, डिस्ट्रिक्ट एड्भाइजर लियो–लायन निरञ्जन डंगोलले कोषाध्यक्षहरूलाई, डिस्ट्रिक्ट एड्भाइजर लियो सबिन भट्टराईले टेमर, टेल ट्विस्टर तथा पब्लिक रिलेसन अफिसरहरूलाई प्रशिक्षण दिएका थिए ।

त्यसैगरी, इमिडियट पास्ट डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो बालकृष्ण परियारले डिस्ट्रिक्ट बोर्ड सदस्यहरूलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो भने डिस्ट्रिक्ट डाइरेक्टर लियो सुदीप राज फुयाँल र डिस्ट्रिक्ट भाइस डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो माधव तिमिल्सिनाले अन्य बोर्ड तथा समिति सदस्यहरूलाई प्रशिक्षण दिएका थिए ।

साथै, नयाँ तथा साधारण सदस्यहरूका लागि लायनवाद, नेतृत्व विकास तथा संगठनात्मक जिम्मेवारीसम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । 

कार्यक्रमलाई थप सभ्य, अनुशासित तथा व्यवस्थित बनाउन लियो सोनु प्रसाद यादवले टेल ट्विस्टरको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रमका अवसरमा उत्कृष्ट सहभागिता तथा अनुशासन प्रदर्शन गर्ने क्लब र व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो । फस्र्ट रजिस्ट्रेसन अवार्ड लियो सुदर्शन श्रेष्ठले प्राप्त गरेका थिए । फस्र्ट फाइभ रजिस्ट्रेसन अवार्ड लियो क्लब अफ काठमाडौं यङस्टारलाई प्रदान गरिएको थियो भने हाइएस्ट पार्टिसिपेसन अवार्ड लियो क्लब अफ काठमाडौं सहयात्रीले प्राप्त गरेको थियो । 

त्यसैगरी, मोस्ट पार्टिसिपेसन फ्रम रिजन अवार्ड रिजन बुढानीलकण्ठलाई तथा मोस्ट फिमेल पार्टिसिपेसन फ्रम क्लब अवार्ड लियो क्लब अफ काठमाडौं सहयात्रीलाई प्रदान गरिएको थियो । 

लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालका डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो आशीष थापाको लायोनिस्टिक वर्ष २०२६/२७ को वार्षिक मूल मन्त्र “कर्मसहितको नेतृत्व” लाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले नवनिर्वाचित तथा वर्तमान क्लब पदाधिकारीहरूलाई प्रभावकारी नेतृत्व, संगठन सञ्चालन तथा जिम्मेवारी निर्वाहका लागि आवश्यक ज्ञान, सीप तथा प्रेरणा प्रदान गरेको जिल्ला प्रवक्ता लियो डा. जनक राज बडूले जानकारी दिए ।

कार्यक्रम सफल बनाउन योगदान पु¥याउने आयोजक समिति, प्रशिक्षक, अतिथि, सहयोगी संस्था, प्रायोजक, स्वयंसेवक तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वहरूप्रति लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालले हार्दिक आभार व्यक्त गरेको छ ।

Share News