जनउत्थान लघुवित्तका डेपुटी सीईओ सूर्यप्रसाद उपाध्यायले दिए राजीनामा

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सूर्यप्रसाद उपाध्यायले पदबाट राजीनामा दिएका छन् ।

संस्थाका अनुसार उपाध्यायले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् ।

सञ्चालक समितिको १४६औँ बैठकले उनको राजीनामा स्वीकृत गर्दै असार ३० गतेदेखि लागू हुने गरी स्वीकृति दिएको संस्थाले जनाएको छ ।

लघुवित्तले नेप्सेलाई उपाध्यायको राजीनामा स्वीकृत भएको जानकारी गराएको हो । 

Share News