काठमाडौं । पूर्व माओवादी लडाकु एवम् स्वघोषित राजनीतिक विश्लेषक लाहानुराम चौधरी विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चौधरीलाई पक्राउ गरेको हो ।
१० जनाभन्दा बढीलाई युरोप भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए । ४६ वर्षीय चौधरीले लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेपछि उनलाई कार्यालयका टोली पक्राउ गरेको हो ।
पूर्व माओवादी कमाण्डर चौधरीले विभिन्न राजनीतिक तथा सामाजिक मुद्दाहरूमा आफ्नो टिप्पणी गर्दै आएका छन् । उनी कैलाली लम्किचुहा नगरपालिका ६ का स्थायी बासिन्दा हुन भने हाल काठमाडौंको चन्द्रागिरी ५ स्थित थानकोटमा बसोबास गर्दै आएका थिए ।
पछिल्लो समय एक अन्तवार्तामा उनले प्रधानमन्त्री बालेन शाहले पहिले ५० वर्षपछि देश धकेल्ने प्रचण्डको पाता कस्नुपर्छ भन्ने अभिव्यक्ति दिँदै चर्चामा आएका थिए ।