बालमन्दिरको सम्पत्ति हिनामिना गरेको आरोपमा तीनजना पक्राउ

फाइल तस्विर

काठमाडौं । बालमन्दिरको सम्पत्ति हिनामिना गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रवक्ता अनुपम शमशेर जबराले तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

उनका अनुसार बालमन्दिरको जग्गा छानबिन गर्ने क्रममा बनेको उच्चस्तरीय आयोग २०७७ को प्रतिवेदन कार्यान्वयन सिलसिलामा केही व्यक्तिलाई पक्राउ गरिएको हो ।

प्रतिवेदनको पनि ठगी कसुरमा केही व्यक्तिलाई पक्राउ गरिएको जबराको भनाइ छ । विस्तृत विवरण केही क्षणमा सार्वजनिक गरिने उनले जानकारी दिए ।

Share News