काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा पाँच दिन म्याद थप भएको छ ।
बुधबार विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले म्याद थप गर्न आदेश दिएको हो । उनलाई अदालतको आदेशसँगै पुनः न्यायिक हिरासतमा राखिने छ।
पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए । उनलाई राति नै स्थल मार्गबाट काठमाडौं ल्याएर अदालत उपस्थित गराइएको थियो ।
अदालतले उनलाई चाैँथाेपटक म्याद थप गरेकाे हाे ।