यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू

काठमाडौं । मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ। बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ८ निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गने निर्णय गरेको छ ।

यी हुन् अन्य निर्णयहरू :

-सरकारले गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने ।

-(विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३ स्वीकृत गर्ने ।

– शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र ९ व्यवस्थापन नियमावली २०८३ स्वीकृत गर्ने ।

(कारागार नियमावली २०८३ स्वीकृत गर्ने ।

– मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने ।

– भ्रष्टाचार विरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने ।

Share News