रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान, ६ पदमा निर्वाचन हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि शुक्रबार मतदान हुने भएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले बिहान १० बजेदेखि मतदान सुरु गर्ने तयारी गरेको नेताहरूले बताएका छन्। केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएपछि आयोगले दोस्रो चरणअन्तर्गत पदाधिकारी चयनको प्रक्रिया अघि बढाएको हो।

यस चरणमा ६ वटा पदका लागि मात्र निर्वाचन हुनेछ। तीमध्ये खुला उपसभापति, महिला उपसभापति, खुला महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि प्रतिनिधिहरूले मतदान गर्नेछन्।

महाधिवेशनबाट सभापति पदमा यसअघि नै निर्विरोध चयन भइसकेको अवस्थामा बाँकी पदाधिकारी टुंग्याउन निर्वाचन हुन लागेको हो। मतदान सम्पन्न भएपछि मतगणना सुरु गरी परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ।

Share News