काठमाडौं । कपडा कारखानामा काम गर्ने २४ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेर अध्यागमन विभागमा बुझाएको छ।
मंगलबार (हिजो) पासपोर्ट नभएका तथा पर्यटक भिसाको अवधि सकिएपछि नेपालमै बसोबास गरिरहेका २४ जना बंगलादेशीलाई विभागमा बुझाइएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ।
काठमाडौं महानगरपालिका १५ डल्लु र सीतापाइला लगायतका क्षेत्रमा रहेका कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा बंगलादेशीलाई नियन्त्रणमा लिएर अध्यागमन विभाग, कालीकास्थान पठाइएको परिसरका प्रवक्ता पवन कुमार भट्टराईले बताए ।
उनीहरू नेपाल प्रवेश गरेका स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसा लिएर गैरकानुनी रूपमा बस्दै आएको भट्टराईले जानकारी दिए ।