गृहमन्त्रालयमा गृहमन्त्री गुरुङसहितको भीआईपीको बैठक

फाइल तस्बिर ।

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा विपद् व्यवस्थापन तथा मनसुनजन्य जोखिम न्यूनीकरण सम्बन्धी उच्चस्तरीय बैठक बसेकाे छ।

गृह मन्त्रालयमा आयोजित बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पोड्याल लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ । 

बैठकमा देशका विभिन्न क्षेत्रमा भइरहेको वर्षा, बाढी, पहिरो तथा डुबानबाट उत्पन्न जोखिम, सम्भावित विपद्को पूर्वतयारी, खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उपाय तथा सम्बन्धित निकायबीचको समन्वयलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ।

साथै मनसुन अवधिमा सुरक्षा निकायको तयारी, आवश्यक जनशक्ति तथा स्रोत–साधन परिचालन, उच्च जोखिममा रहेका क्षेत्रको निरन्तर निगरानी तथा नागरिकको सुरक्षा सुनिश्चित गर्ने विषयमा समेत बैठक केन्द्रित रहेको बताइएको छ।

गृहमन्त्री गुरुङले विपद्को समयमा तीनै तहका सरकार, सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवालाबीच प्रभावकारी समन्वय कायम गरी उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई तीव्रता दिन निर्देशन दिएको बैठकमा छ।

बैठकमा विपद् व्यवस्थापनका लागि आवश्यक तयारीलाई थप प्रभावकारी बनाउने, जोखिमयुक्त क्षेत्रको नियमित अनुगमन गर्ने तथा आकस्मिक परिस्थितिको सामना गर्न सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राख्ने विषयमा समेत छलफल भएको छ । 

Share News