फ्रान्सको शानदार जित

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत गए राति फ्रान्सले शानदार जित निकालेको छ ।

समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गर्दै शानदार जित निकालेको हो ।

पहिलो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन् । तर दोस्रो हाफमा कुल चार गोल भए ।

null

खेलको ६६औं मिनेटमा फ्रान्सका लागि केलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए भने खेलको ८२औं मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।

null

दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि इब्राहिम एम्बायेले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

लगत्तै त्यसको अर्को मिनेटमा फ्रान्सका लागि एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–१ मा पुर्याए ।

खेल अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालामा भएको हो ।

Share News