काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ । अर्याललाई मंगलबार (आज) बिहान नियन्त्रणमा लिएको अख्तियार स्रोतले विकासन्युजलाई जानकारी दियो ।
‘अर्यालसँग सोधपुछको काम भइरहेको छ,’ स्रोतले भन्यो, ‘अख्तियारले उनलाई नियन्त्रणमा लिएर शंकास्पद कागजात पनि लिएको छ । ’
अख्तियार स्रोतका अनुसार थप अरूलाई पनि नियन्त्रणमा लिएको छ । राहदानी प्रिन्टिङ प्रकरणमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।