नेको नेपालको अध्यक्षमा पुनः राजेन्द्रप्रसाद पाण्डे निर्वाचित

काठमाडौं । मनमोहन मेडिकल कलेज स्थापना तथा सञ्चालन गर्ने उद्देश्यसहित स्थापित नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको नेपाल) को अध्यक्षमा पुनः राजेन्द्रप्रसाद पाण्डे निर्वाचित भएका छन् ।

राजधानीमा सोमबार सम्पन्न संस्थाको २०औँ वार्षिक साधारणसभापछि नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा पाण्डेले आफ्ना दुई प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि नेतृत्व सुरक्षित गरेका हुन् ।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा नेता समेत रहेका पाण्डेले संस्थाको आगामी नेतृत्व सम्हाल्ने भएका छन् । निर्वाचन परिणामअनुसार उपाध्यक्षमा डा. झलक गौतम र हरिप्रसाद उप्रेती निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा टेकबहादुर बम, सहसचिवमा (निर्वाचन परिणामअनुसार) र कोषाध्यक्षमा चुनादेवी केसी खड्का निर्वाचित भएकी छन् ।

निर्वाचित सदस्यहरूमा ईश्वरी खनाल, लक्ष्मी राई, शोभा सापकोटा, डा. रविन्द्र रेग्मी र बोधकुमार अधिकारी रहेका छन् ।

यसपटकको निर्वाचनमा अध्यक्षका प्रत्याशीका रूपमा राजेन्द्रप्रसाद पाण्डे, ई. गम्भीरलाल श्रेष्ठ र शिवप्रसाद सिम्खडाको नेतृत्वमा छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा उत्रिएका थिए । निर्वाचन परिणामअनुसार अधिकांश पदाधिकारी तथा सदस्यहरू पाण्डे र श्रेष्ठ समूहबाट उम्मेदवार बनेकाहरू निर्वाचित भएका छन् ।

Share News