सेफ सन्तोष साहलाई ३ दिन हिरासतमा राख्न अनुमति

फाइल तस्विर

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले सेफ सन्तोष साहलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

सोमबार (आज) जिल्ला अदालत काठमाडौंले साहलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले साहलाई बैंकिङ कसुरको आरोपमा धनुषाबाट पक्राउ गरेको थियो । 

काठमाडौं ल्याएर उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली बुझाएको थियो ।

प्रहरीले सन्तोषसँगै सोही रेष्टुरेण्टका अर्का सञ्चालक नारायण साह सुडीलाई पनि पक्राउ गरेको थियो । उनलाई पनि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । दुवै मुद्दा गैरीधारामा उनले चलाउन खोजेको रेष्टुरेण्टसँग सम्बन्धित रहेको छ । 

सन्तोष नेपाली खानालाई विश्वमाझ चिनाउने अग्रणी नेपाली सेफ हुन् । उनी सन् २०२१ मा बीबीसी मास्टर सेफ बनेका थिए ।

सकुन्तलालाई सन्तोषले धोका दिएपछि...
 

Share News