काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वर्तमान महासचिव बलराम खतिवडाको नेतृत्वमा नयाँ चुनावी प्यानलको घोषणा गरिएको छ । यहि जेठ २९ गते हुने निर्वाचनका लागि खतिवडाले वरिष्ठ उपाध्यक्ष पदमा उम्म्मेदवारी दिने घोषणा गरेका छन् ।
यस समूहबाट ५ वटा उपाध्यक्ष पदमा भरत बहादुर खत्री (वर्तमान उपाध्यक्ष), भरत प्रसाद नेपाल (वर्तमान सचिव), कुमार खरेल, दीपक पौडेल र सिर्जना खड्काले उम्मेदवारी दिने भएका छन् ।
वर्तमान कार्यसमितिका उपमहासचिव प्रकाशचन्द्र दुलाललाई यस टिमले महासचिवको उम्मेदवार बनाएको छ । ५ सदस्यीय सचिव पदमा कृष्ण प्रसाद घिमिरे, तारा बहादुर इस्वो लिम्बु, बिरेन्द्र बहादुर मल्ल, संगीता धमला, इशा श्रेष्ठ तथा कोषाध्यक्षमा मिथुन पौडेलले उम्मेदवारी दिने गरी चुनावी समूह घोषणा गरिएको छ ।
त्यस्तै टिमको कार्यसमिति सदस्यहरूमा सोमनाथ कँडेल, डा. भूषण गुरागाईं, सन्तोष राज नेपाल, मिलन खड्का, जगदिश शिवाकोटी, नारायण कडेल, सुकुन्द ओझा, प्रदीप ओली, ज्योति गैरे, इन्दिरा पन्तले उम्मेदवारी दिने महासचिवका उम्मेदवार प्रकाश दुलालले जानकारी दिए ।