काठमाडौं । नेपाली कांग्रेसले सिंहदरबारको दक्षिण गेटमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरूलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेसका कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारमाथि हस्तक्षेप गर्दै विद्यार्थी नेताहरूलाई पक्राउ गर्नु निन्दनीय भएको कांग्रेसको ठहर छ ।
सीमासम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिको विरोधमा नेविसंघका विद्यार्थीहरूले प्रदर्शन गर्दा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा राजकुमार बस्नेत, अुर्जन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकी र गौरव पाण्डे रहेका छन् ।
कांग्रेसले पक्राउ परेका विद्यार्थी नेताहरूलाई अविलम्ब रिहा गर्न सरकारसँग जोडदार माग गर्दै लोकतान्त्रिक अधिकारको सम्मान गर्न आग्रहसमे गरेको छ ।