भारत हिँडे रवि दम्पती, को-को गए साथमा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने दम्पती पाँचदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी भारत प्रस्थान गरेका हुन् ।

सभापति लामिछानेसँगै उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा र प्रदीप आचार्य भारत गएका हुन् । 

रविले जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारत भ्रमण गर्नेछन् । त्यसक्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । उनी अयोध्या जाने पनि कार्यक्रम रहेको रास्वपाका प्रवक्ता मनिष झाले बताए । 
 

Share News