देशका विभिन्न भागमा मौसम बदली हुने, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । आज देशका विभिन्न भू-भागको मौसम सामान्यतया बदली रहने छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ । 

यस्तै, कर्णाली र सुदूरपश्चिम लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशका  तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । 

आज राति देशको हिमाली भू-भागमा साधारणतया, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।  

यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको  हिमाली भू-भागका एक/दुई स्थानमा  हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

Share News