जलन उपचारका लागि वीर र कीर्तिपुर अस्पतालको क्षमता विस्तार गरिने

काठमाडौं । सरकारले जलन (बर्न) सम्बन्धी उपचार सेवालाई सुदृढ बनाउन देशका प्रमुख दुई अस्पतालको क्षमता विकास गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेको हो ।

अर्थमन्त्री स्वर्णीम वाग्लेले  शुक्रबार संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै जलन उपचारका लागि वीर र कीर्तिपुरको पूर्वाधार तथा सेवा क्षमता विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिएका हुन् ।

सरकारले जलन उपचारलाई आपतकालीन र विशिष्टीकृत स्वास्थ्य सेवाको महत्वपूर्ण हिस्सा मान्दै आधुनिक उपकरण, विशेषज्ञ जनशक्ति र उपचार प्रणाली सुदृढ बनाउने योजना अघि सारेको छ ।

यस योजनाले जलनका बिरामीलाई देशभित्रै गुणस्तरीय उपचार उपलब्ध गराउने र रेफरल प्रणालीमा निर्भरता घटाउने अपेक्षा गरिएको छ ।

Share News