प्रति हजार जनसङ्ख्यामा चिकित्सक तथा नर्सको सङ्ख्या वृद्धि

काठमाडौं । नेपालमा प्रति हजार जनसङ्ख्यामा चिकित्सक तथा नर्सको सङ्ख्या वृद्धि भएको छ । सरकारले बुधबार सार्वजनिक गरेको चालुआर्थिक वर्षको आर्थिक सर्वेक्षणमा चिकित्सक तथा नर्सको सङ्ख्या वृद्धि भएको देखाएको हो । 

यो वर्षको फागुनसम्म नेपाल मेडिकल काउन्सिल तथा नेपाल नर्सिङ्ग काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मी बमोजिम नेपालमा प्रति हजार जनसङ्ख्यामा १.८६ चिकित्सक र ४.४२ नर्स रहेका छन् । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा क्रमशः १.१ चिकित्सक र २.८६ नर्स रहेको थियो ।

यही अवधिमा डाक्टर, नर्स/अनमी, कविराज, वैद्य, स्वास्थ्य सहायक र महिला स्वास्थ्य स्वयंसेविका समेत गरी जम्मा १ लाख ४ हजार ७ सय ५६ स्वास्थ्य जनशक्ति सरकारी सेवामा कार्यरत छन् भने सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या ८ हजार ९ सय ७६ पुगेको छ ।

जसमध्ये अस्पताल ४ सय २०, प्राथमिक स्वास्थ्य केन्द्र १ सय ८१, स्वास्थ्य चौकी ३ हजार ६ सय ३ आयुर्वेदिक औषधालय ४ सय २६ र अन्य स्वास्थ्य संस्था ४ हजार ३ सय ४६ रहेका छन् ।

null

Share News