काठमाडौं । स्थानीय बजारमा मंगलबार छापावाला सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबारका लागि भने दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला पाँच हजार १५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार ६० निर्धारण भएको छ ।