नेपाल बैंकमा रहेको निक्षेपमा हकदाबी गर्न माग

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना विभिन्न शाखा कार्यालयहरूमा खाता रही हाल मृत्यु भइसकेका निक्षेपकर्ताहरूको खातामा रहेको रकम भुक्तानी तथा हकदाबीका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १११ बमोजिम कानुनी प्रक्रिया पुरा गर्न यो कदम चालेको बताएको हो ।

विभिन्न मितिमा दिवंगत भएका ती खातावालाहरूको निक्षेप रकम लिनका लागि हकवालाहरूबाट निवेदन परेको र सो उपर अन्य कसैको हकदाबी लाग्ने भएमा वा चित्त नबुझेमा यो सूचना प्रकाशित भएको मिति (२०८३ जेठ १२ गते) ले ३५ (पैंतीस) दिनभित्र आ–आफ्नो सपुत प्रमाणसहित सम्बन्धित शाखाहरूमा हकदाबी गर्न आउनुपर्ने बैंकले जनाएको छ ।

null

बैंकद्वारा जारी विवरण अनुसार विराटनगर शाखामा खाता रहेका मृतक राजेन्द्र प्रसाद आचार्य र शान्तादेवि पोखरेलको निक्षेपमा क्रमशः छोराहरू दिनेश प्रसाद आचार्य र विनोद कुमार पोखरेलको हकदाबी परेको छ । त्यस्तै, धरान शाखाका मृतक देश बहादुर राईकी श्रीमती जय कुमारी राई, सिराहा शाखाका मृतक विशेश्वर यादवकी पत्नी गूलाव वती यादव र ठैव शाखाका मृतक दुर्गा लामाकी श्रीमती सरिता गोलेको हकदाबी परेको छ । 

काठमाडौं बैंकिङ अफिसमा खाता रहेका मृतकहरू हरी कमल शाहीका भाई उमन शाही र देव बहादुर रंजितकारका छोरा दिनेश रंजितकारले दाबी पेश गरेका छन् । 

यसैगरी, कीर्तिपुर शाखाकी मृतक कमला प्याकुरेलको निक्षेपमा भदा सन्तोष प्रसाद अधिकारी, महेन्द्रनगर शाखाकी मृतक साबित्री बस्नेत (साबित्रा बस्नेत) को निक्षेपमा छोरा शोभित बस्नेत र आदर्शनगर शाखाका मृतक जंग बहादुर राना मगरको निक्षेपमा उनकी पत्नी बसन्ती देवानको हकदाबी परेको छ । 

तोकिएको ३५ दिनको म्यादभित्र कुनै दाबी वा उजुर नपरेमा ऐन बमोजिम नै बैंकले भुक्तानी प्रक्रिया अगाडि बढाउने र पछि कुनै उजुर नलाग्ने व्यहोरा समेत सूचनामा स्पष्ट पारिएको छ । 
 

Share News