कामना सेवा विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो १० थान डोनर बेड

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी मोरङलाई १० थान डोनर बेड (रक्तदान गर्दा प्रयोग गरिने बेड) हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो विराटनगर शाखा कार्यालयमार्फत रक्तसञ्चार सेवाको प्रभावकारी सञ्चालन गर्न तथा गरिब र विपन्न वर्गका बिरामीहरूलाई समयमै रगत उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरेको हो ।

एक विशेष कार्यक्रमका बीच बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुख्देव प्रसाद मण्डललाई ती डोनर बेडहरू हस्तान्तरण गरे ।

डोनर बेड ग्रहण गर्दै नेपाल रेडक्रस सोसाइटीका सभापति सुख्देव प्रसाद मण्डलले बैंकप्रति आभार प्रकट गरे ।

कार्यक्रममा बोल्दै बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले रक्तसञ्चार सेवा जस्तो पवित्र कार्यमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

उनले बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको र आगामी दिनहरूमा पनि यस्ता मानवीय कार्यहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

उक्त बेड हस्तान्तरण कार्यक्रममा कामना सेवा विकास बैंकका कर्मचारीहरू तथा नेपाल रेडक्रस सोसाइटीका विभिन्न अधिकृत एवं सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो । 

Share News