काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ७० रुपैयाँ, ठूलो भारतीय गोलभेँडा ८० रुपैयाँ, सानो लोकल गोलभेँडा ३५ रुपैयाँ, सानो टनेल गोलभेँडा ६२ रुपैयाँ, सानो भारतीय गोलभेँडा ३९ रुपैयाँ र तराईको सानो गोलभेँडा प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ।
त्यस्तै रातो लाम्चो आलु प्रतिकिलो ३५ रुपैयाँ, रातो गोलो आलु २८ रुपैयाँ तथा भारतीय सुकेको प्याज ३६ रुपैयाँ तोकिएको छ।
समितिका अनुसार गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, बन्दा ४० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २५ रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँ कायम गरिएको छ।
बोडी (तने) प्रतिकिलो ५० रुपैयाँ, मकै बोडी ८० रुपैयाँ, मटरकोसा ७० रुपैयाँ, घिउ सिमी (लोकल) ७० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ६० रुपैयाँ र घिउ सिमी (राजमा) १०० रुपैयाँ निर्धारण गरिएको छ।
यस्तै भटमासकोसा प्रतिकिलो १३० रुपैयाँ, तीते करेला ५० रुपैयाँ, लौका ५० रुपैयाँ, परवर (लोकल र तराई) ५०–५० रुपैयाँ, चिचिन्डो ४० रुपैयाँ, घिरौँला ५० रुपैयाँ, झिगुनी ७० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, हरियो लाम्चो फर्सी ४० रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपैयाँ, भिन्डी ४० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ र पिँडालु ५० रुपैयाँ तोकिएको छ।
हरियो सागसब्जीतर्फ रायो साग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो १२० रुपैयाँ, चमसुरको साग १२० रुपैयाँ, मेथीको साग १२० रुपैयाँ र हरियो प्याज १२० रुपैयाँ निर्धारण गरिएको छ।
च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २५० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ कायम गरिएको छ।
त्यस्तै कुरिलो प्रतिकिलो ३५० रुपैयाँ, न्यूरो ८० रुपैयाँ, ब्रोकाउली ७० रुपैयाँ, सजीवन १२० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ, जिरीको साग १०० रुपैयाँ, सेलरी १०० रुपैयाँ, पार्सले ३०० रुपैयाँ, सौफको साग १२० रुपैयाँ, पुदिना १०० रुपैयाँ, गाँठेमूला ५० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १५० रुपैयाँ, तोफु १६० रुपैयाँ र गुन्द्रुक ३०० रुपैयाँ तोकिएको समितिले जनाएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३२५ रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २०० रुपैयाँ, मालभोग केरा प्रतिदर्जन २२० रुपैयाँ, कागती प्रतिकिलो २६० रुपैयाँ, अनार ४४० रुपैयाँ, दसहरी आँप २८० रुपैयाँ र हरियो अङ्गुर २८० रुपैयाँ निर्धारण गरिएको छ।
त्यसैगरी हरियो तरबुजा प्रतिकिलो ३५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २३० रुपैयाँ, लोकल काँक्रो प्रतिकिलो ५० रुपैयाँ, हाइब्रिड काँक्रो २० रुपैयाँ, लोकलक्रस काँक्रो ६० रुपैयाँ, रुखकटहर ७० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १०० रुपैयाँ, भारतीय लिची २८० रुपैयाँ, एभोकाडो ८०० रुपैयाँ, काँचो नरिवल ८० रुपैयाँ र हरियो नरिवल १८० रुपैयाँ तोकिएको छ।
मसलातर्फ अदुवा प्रतिकिलो १६० रुपैयाँ, सुकेको खुर्सानी ४३० रुपैयाँ, हरियो लाम्चो खुर्सानी १०० रुपैयाँ, बुलेट खुर्सानी ८० रुपैयाँ, माछे खुर्सानी ६० रुपैयाँ, भेडे खुर्सानी ६० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ, हरियो धनियाँ ९० रुपैयाँ, चाइनिज सुकेको लसुन १९० रुपैयाँ, नेपाली सुकेको लसुन १२० रुपैयाँ तथा सुकेको छ्यापी १४० रुपैयाँ कायम गरिएको छ।
माछातर्फ ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा ३१० रुपैयाँ र छडी माछा २६० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ।