उद्योगमन्त्री यादवले गरे बन्द हेटौंडा कपडा उद्योगको निरीक्षण

काठमाडौं । सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज हेटौंडा औद्योगिक क्षेत्रभित्र बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगको निरीक्षण गरेका छन् । 

मन्त्री यादवले हेटौंडा कपडा उद्योगको प्रशासकीय भवन, धागो उत्पादन कक्ष, कपडा उत्पादन कक्षहरू तथा उपकरणहरूको वर्तमान अवस्थाका बारेमा हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक सङ्गीता कुँवरबाट जानकारी लिए ।

मन्त्री यादवले सरकारले बन्द रहेको हेटौंडा कपडा उद्योग दीर्घकालीन रूपमा सञ्चालन गर्नेगरी आवश्यक स्रोतसाधन परिचालन गर्ने तयारी गरिरहेको सम्बन्धित सरोकारवाला पक्षहरूलाई जानकारी दिए ।

उक्त उद्योग निरीक्षणका क्रममा मन्त्रालयका सचिव कृष्णबहादुर राउत, उच्च अधिकृतहरू, हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रबन्धक सङ्गीता कुँवर तथा मकवानपुर क्षेत्र नं १ का सांसद प्रकाश गौतम पनि उपस्थित थिए । 

Share News