कम्प्युटिङ साइन्स र साइबर सेक्युरिटीमा यूकेको डिग्री पढाउँदै स्ट्याम्फोर्ड कलेज

काठमाडौं । स्ट्याम्फोर्ड कलेजले युकेको ४ वर्षे डिग्रीसहित बीएससी अर्न्स कम्युयुटिङ साइन्स र साइबर सेक्यूरिटी कोर्स पढाउँदै आएको छ ।

कलेजले युकेको टाइम्स हाइयर र्याङकिङको ‘टप छ सय प्लस’मा पर्ने ‘युनिभर्सिटी अफ् द वेस्ट अफ् स्कटल्याण्ड’को कोर्स नेपालमै अध्यापन गराइरहेको हो । 

‘युके पढ्न जाने मन हुँदाहुँदै पनि कति विद्यार्थी आर्थिक कारण वा सानै उमेरको हुँदा परिवारले ब्याचलर सम्म त यही पढेर जाउँ भन्ने हुन्छ । कतिले नेपालमै बाहिरको जस्तो कोर्स चाहिरहेका हुन्छन् ।  विद्यार्थीलाई टार्गेट गरेर हामी  ‘युनिभरर्सिटी अफ् द वेस्ट अफ् स्कटल्याण्ड’सँग एफिलेटेड भएर निकै कम फिमा युकेको डिग्री नेपालमै अध्यापन गराइरहेका हौं,’ कलेज हेड सन्दिप पोखरेलले भने ।

null

उनका अनुसार उक्त डिग्री लिएपछि थप अध्ययनका लागि विश्वका जुनसुकै युनिभर्सिटीमा पढ्न विद्यार्थीलाई समस्या रहँदैन ।

कलेजले विद्यार्थीका लागि एआई र साइबर सेक्युरिटी ल्याबमा कोडिङ च्यालेन्ज, ह्याकाथन तथा इन्डस्ट्री वर्कसपमार्फत सिक्ने अवसरमा समेत जोड्ने गरेको छ । 

null

यस्तै, करिअर काउन्सिलिङ, सेमिनार, नियमित उद्योग भ्रमण गराएर पढ्दै गर्दा नै इन्टर्नसिप र जब पेलेसमेन्टमार्फत करिअरको उचाइ पक्का गर्न विद्यार्थीलाई सघाउने गरेको कलेज प्रशासनको भनाइ छ ।

विद्यार्थीको मानसिक तथा शारीरिक अवस्थालाई ध्यानमा राख्दै कलेज परिसरमै लाइब्रेरी, जिम, स्नूकर हाउस र रुफटप क्याफेटेरिया सञ्चालन गरिएको छ ।

null

कलेजको शैक्षिक तथा प्रशासकीय व्यवस्थापनबारे प्रश्न गर्दा बीएससी कम्यूयुटिङ साइन्स पढ्दै गरेका सुशान्त थारु भन्छन्, ‘२ वर्ष पहिले १२ कक्षाको नतिजा प्रकाशन भइसकेपछि आइटी पढ्नका लागि विदेश जाने तयारीमा थिए । तर परिवारले विदेशमा अध्ययनको स्वीकृति नदिएपछि स्ट्याम्फोर्ड कलेजमा भर्ना भएँ ।’

यतिबेला उनले बीएससी कम्यूयुटिङ साइन्सको अध्ययन सुरु गरेको दुई वर्ष पुगेको छ । यो अवधिमा आफू कलेजको अध्ययन अध्यापन र अतिरिक्त क्रियाकलापबाट सन्तुष्ट रहेको सुशान्तले सुनाए ।

‘म अहिले कलज जोइन भएको २ वर्ष भयो । टप र्याङ्किङमा पनि परेको छु । यहाँको कक्षाकोठादेखि टिचर, पढाउने तरिका सबै मन परेको छ । साँच्चै नै युके नै गएर पढेको जस्तो महसुस गरेको छु,’ उनले भने ।

सोही कोर्समा यसै वर्ष भर्ना भएकी जेनिसी भण्डारीले पनि कलेजको वातावरण नयाँ विद्यार्थीको लागि पनि नयाँ जस्तो नभएको अनुभव साटिन् ।

‘म आजबाट मात्रै कलेज सुरु गरेको हुँ । टिचर, एडमिन सबैको व्यवहार एकदमै घुलमिल हुन सकिने खालको रहेछ । विदेशको तुलनामा यहाँ निकै कम ‘फि’ मा विश्वभर क्रेडिड आवर पुग्ने डिग्री पाइने भएकाले यो कलेज रोजेँ,’ विद्यार्थी भण्डारीले भनिन् ।

null

Share News