भूमी सम्बन्धि सेवा दिन ३५ स्थानीय तह मात्रै छनोट

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमार्फत भूमि व्यवस्थापनसम्बन्धी सेवा प्रवाह सुरु गर्न आवश्यक पूर्वाधार पूरा गरेर मात्र आवेदन पठाउन निर्देशन दिएको छ।

मन्त्रालयले हाल आवश्यक न्यूनतम् पूर्वाधार सुनिश्चित नगरी आवेदन पठाउने प्रवृत्ति देखिएको भन्दै पूर्वाधार पूरा भएपछि मात्र सम्बन्धित कागजात स्क्यान गरी मन्त्रालयमा पठाउन सबै स्थानीय तहलाई अनुरोध गरेको हो।

गत वैशाख १० गते प्रकाशित सूचनापछि हालसम्म २२५ वटा स्थानीय तहबाट पत्र प्राप्त भएको भए पनि पहिलो चरणमा छनोट गरिएका ३५ वटा स्थानीय तहमा समेत आवश्यक पूर्वाधारको तयारी पूरा नभएकाले सेवा सञ्चालनमा ढिलाइ भइरहेको मन्त्रालयले जनाएको छ।

सेवा प्रवाहलाई प्रभावकारी रूपमा अघि बढाउनका लागि आवश्यक पूर्वाधार पूरा भएपछि मात्रै आवेदन पठाउन भनिएको छ।

मन्त्रालयले भूमि व्यवस्थापन सेवा सम्बन्धी विस्तृत विवरण भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न पनि सबै स्थानीय तहलाई आग्रह गरेको छ।

स्थानीय तहबाट सेवा प्रवाह विस्तार गर्ने योजनाअन्तर्गत आवश्यक पूर्वाधार सुनिश्चित भएपछि मात्र आगामी चरणको कार्य अघि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ।

Share News