काठमाडौं । बालिकालाई बेचबिखन गर्ने उदेश्यले भारत लैँजादै गरेको अवस्थामा दुई जना भारतीय पक्राउ परेका छन् । घर देखी फकाई फुलाई लगी बालिकालाई ड्रेससमेत चेन्ज गराई भारतको डिल्ली जाने बसको टिकट काट्दै गरेको अवश्थामा २४ वर्षीय छोटुलाल जांगिड र २१ वर्षीय देन्वेन्द्र कुमार हरिजन पक्राउ परेका हुन् ।
राजस्थान प्रदेश मागेवास ग्राम पन्चायत जयपुर बरूणपथ जांगिड र राजस्थान प्रदेश सभम विहार मानेवार ग्रामपंचाय जयपुरका हरिजन रहेका छन् ।
ललितपुर प्रहरी परिसरका अनुसार ललितपुरको १४ खुमलटार बस्ने एक जना बालिकालाई उनीहरूले भारत लैजान लागेका थिए ।
पिडित बालिकालाई उद्दार गरी परिवारको जिम्मा लगाइसकिएको प्रहरीले बताएको छ ।
उनीहरूलाई मानव बेचबिखन तथा ओसारपोसारमा मुद्धामा ५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको छ ।