काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि आह्वान गरिएको दरखास्त सूचना रद्द गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अध्यक्ष पदका लागि आह्वान गरिएको सूचना रद्द गरिएको जानकारी दिएको हो ।
मन्त्रालयले जेठ ७ गते गोरखापत्रमार्फत दरखास्त आह्वान गरेको थियो । तर, त्यसको भोलिपल्टै अर्थात् जेठ ८ गते अर्को सूचना प्रकाशित गर्दै उक्त आह्वान रद्द गरिएको जनाएको छ ।
सूचना रद्द गर्नुको स्पष्ट कारण भने खुलाइएको छैन । मन्त्रालयले भने ‘विशेष कारणवश’ दरखास्त आव्हानको सूचना रद्द गरिएको उल्लेख गरेको छ ।