अपोलो अस्पताल दिल्लीमा नेपाली बिरामीलाई छुट, मोर्डन इरा टुर्ससँग भयो सम्झौता

काठमाडौं । अपोलो अस्पताल दिल्लीले मोर्डन ईरा टुर्सको गाडी चढेर उपचार गराउन आउने नेपाली बिरामीलाई छुट दिने भएको छ । मोर्डन इरा टुर्स र अपोलो अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार मोर्डन ईरा टुर्स एण्ड ट्राभल्समार्फत दिल्लीस्थित अपोलो अस्पताल उपचारका लागि जाने बिरामीले उपचार सेवामा ५ प्रतिशत छुट पाउनेछन् ।

दिल्लीको चर्चित एपोलो अस्पतालले भरतपुरस्थित रिजोइस एण्ड रिलिभ हेल्थ प्रालि सँग सहकार्य गर्दै यस्तो सुविधा सुरु गरेको जनाएको हो । उक्त संस्थाका प्रतिनिधि कृष्णराज गैरे अपोलो अस्पतालका आधिकारिक प्रतिनिधिसमेत हुन् ।

यस्तै, बिरामीका लागि बस सिट बुकिङमा प्राथमिकता दिइने तथा यात्रासम्बन्धी आवश्यक सूचना र सहजीकरणसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ । उपचारमा छुट लिन मोर्डन ईरा टुर्सबाट बिरामीले यात्रा गरेको टिकट देखाउनु पर्ने कम्पनि प्रतिनिधि गैह्रेले बताए ।

मोर्डन इराका बसहरूले नेपालको पर्यटकीय राजधानी पोखरावाट भारतको राजधानी दिल्लीका लागि सेवा दिने गैह्रेले जानकारी दिए ।

Share News