काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० अंकले बढेर २७५४ बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार २४९ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको सेयर मूल्य घटेको छ ।
बुधबार ३४६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार कर्पोरेट डेभलपमेन्ट बैंकको भएको छ । कर्पोरेटको १७ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै आँखु खोला जलविद्युतको १७ करोड ६५ लाख, एपीआई पावर कम्पनीको ११ करोड ३२ लाख, रिडि पावरको ११ करोड २५ लाख र नेसनल हाइड्रोको ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
बुधबार सबै समूहका उपसूचकमा हरियाली छाएको छ । बैंकिङ ०.७३ प्रतिशत, डेभलपमेन्ट बैंकको ०.४४ प्रतिशत, फाइनान्स १.४० प्रतिशत, होटल एन्ड टुरिजम १.८९ प्रतिशत, हाइड्रोपावर १.८९ प्रतिशत, इन्भेष्टमेन्ट १.१५ प्रतिशत, लाइफ इन्स्योरेन्स ०.९७ प्रतिशत, उत्पादन तथा प्रशोधन १.१५ प्रतिशत, माइक्रोफाइनान्स ०.६२ प्रतिशत, म्युचल फन्ड ०.८२ प्रतिशत, नन लाइफ इन्स्योरेन्स ०.४४ प्रतिशत, अन्य १.०९ प्रतिशत र ट्रेडिङको १.५१ प्रतिशतले बढेका छन् ।