नेपाल बारले आह्वान गर्यो आकस्मिक बैठक

फाइल तस्बिर ।

काठमाडौं । सर्वोच्च अदालतमा विकसित भएको पछिल्ला घटनाक्रमबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न नेपाल बार एसोसिएसनले आकस्मिक बैठक डाकेको छ ।

नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले समसामयिक विषयमा छलफल गरी संस्थागत धारणा तय गर्न आकस्मिक बैठक आह्वान गरिएको जानकारी दिए । 

उनका अनुसार अपरान्ह ४ बजे बारको आकस्मिक बैठक आह्वान गरिएको हो । 

बैठकमा पछिल्ला न्यायिक तथा राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको मिश्रले जानकारी दिए ।

Share News