नेपाल विश्व स्वास्थ्य संगठनको ७९औं महासभाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नीति निर्माण गर्ने सर्वोच्च निकाय, विश्व स्वास्थ्य महासभाको ७९औं सत्रको उपाध्यक्ष पदमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको छ । 

स्विट्जरल्याण्डको जेनेभास्थित ऐतिहासिक ‘पाले डे नेसन्स’मा आज आयोजित महासभाको उद्घाटन सत्रमा नेपाललाई यो जिम्मेवारी सुम्पिने निर्णय भएको हो ।

महासभाको सोही उद्घाटन सत्र अन्तर्गत आजै नेपालको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

आफ्नो वक्तव्यका क्रममा मन्त्री मेहताले नेपालको जनस्वास्थ्यका प्राथमिकता, स्वास्थ्य क्षेत्रमा हासिल भएका उपलब्धि र विश्वव्यापी स्वास्थ्य चुनौतीहरूमा नेपालको प्रतिबद्धताबारे धारणा राख्नेछिन् ।

Share News