पृथ्वीको गति नै ढिला बनाउने थ्री गर्जेज ड्याम

सन् २०२० मा वार्षिक १११.८ बिलियन किलोवाट घन्टा बिजुली निकालेर विश्व कीर्तिमान कायम गरेको थियो ।

चीनको याङ्त्से नदीमा अवस्थित थ्री गर्जेज ड्यामलाई विद्वानहरू आधुनिक इन्जिनियरिङको दिग्गज संरचनाको रूपमा लिन्छन् । यो विश्वकै सबैभन्दा ठूलो जलविद्युत बाँध पनि हो ।

यो बाँध आधुनिक चीनका राष्ट्रपिता मानिने डा. सन यात–सेनको मस्तिष्कको उपज हो । उनले सन् १९१९ मा प्रकाशित आफ्नो पुस्तक ‘इन्टरनेसनल डेभलपमेन्ट अफ चाइना’ मा पहिलो पटक याङ्त्से नदीमा बाँध बनाएर ३ करोड हर्सपावर बराबरको ऊर्जा निकाल्न सकिने कल्पना गरेका थिए ।

null

सन् १९४० को दशकमा कम्युनिस्ट नेता माओ त्सेतुङले पनि यस परियोजनामा चासो देखाए र यसको प्रशंसामा कवितासमेत लेखे । तर, आर्थिक संकट र प्राविधिक अभावका कारण दशकौंसम्म यो योजना कागजमै सीमित रह्यो । अन्ततः सन् १९९२ मा चिनियाँ राष्ट्रिय जनकंग्रेसले यसलाई औपचारिक रूपमा पारित गर्यो ।

यसको औपचारिक निर्माण कार्य सन् १९९४ डिसेम्बर १४ देखि सुरु भएपनि  परियोजना पूर्ण रूपमा सम्पन्न हुन झन्डै १८ वर्ष लाग्यो ।

याङ्त्से नदीमा आउने बाढी चीनका लागि शोकको कारण बन्दै आएको थियो । सन् १९३१ को बाढीमा झन्डै १४ लाख मानिसले ज्यान गुमाएका थिए भने सन् १९५४ मा  ३० हजारभन्दा बढीको मृत्यु भयो । त्यसैले करोडौं नागरिकको जीवन रक्षा गर्नु यसको प्राथमिक उद्देश्य थियो ।

औद्योगिकीकरणतर्फ लम्किरहेको चीनलाई कोइलामुक्त, स्वच्छ र विशाल परिमाणमा जलविद्युत ऊर्जाको आवश्यकता थियो । नदीको बहावलाई नियन्त्रण गरी ठूला मालवाहक जहाजहरूलाई चीनको भित्री भाग (जस्तै चोङकिङ सहर) सम्म सहजै पुर्याउन बाँध बनाउनु पर्ने अर्काे मुख्य कारण हो ।

यसलाई मानव इतिहासकै सबैभन्दा ठूलो परियोजनामध्येको एक मानिन्छ ।

यसको औपचारिक निर्माण कार्य सन् १९९४ डिसेम्बर १४ देखि सुरु भएपनि  परियोजना पूर्ण रूपमा सम्पन्न हुन झन्डै १८ वर्ष लाग्यो । बाँधको मुख्य संरचना सन् २००६ मा पूरा भयो । तर, सम्पूर्ण जलविद्युत गृहहरू र जहाज ओसारपसार गर्ने ‘शिप लिफ्ट’ प्रणाली पूर्णरूपमा तयार भई २०१२ मा बल्ल व्यावसायिक सञ्चालनमा आयो ।

बाँध निर्माण भएपछि यसको पछाडि एउटा विशाल कृत्रिम ताल बनाइयो जसको क्षेत्रफल र गहिराइले भूगोल नै बदलिदियो । यस कृत्रिम तालमा ३९.३ बिलियन क्युबिक मिटर (झन्डै ३९.३ अर्ब घनमिटर) पानी जम्मा हुँदै आएको छ ।

निर्माण कार्यको चरम बिन्दुमा यस आयोजनामा एकैपटक २ लाख ५० हजारभन्दा बढी कामदार, इन्जिनियर र प्राविधिकहरू अहोरात्र खटिएका चिनियाँ सञ्चारमाध्यमहरू जनाउँछन्।

null

थ्री गर्जेज ड्यामको आकार जति विशाल छ, यसमा प्रयोग भएका सामग्री र लागतको तथ्यांक पनि उत्तिकै अचम्मलाग्दो छ ।

चिनियाँ सरकारको आधिकारिक तथ्यांक अनुसार यसको अनुमानित लागत झन्डै २२.५ अर्ब अमेरिकी डलर (करिब १८० अर्ब युआन) भनिएको छ । तर, अन्तर्राष्ट्रिय विज्ञहरू र स्वतन्त्र संस्थाहरूका अनुसार, विस्थापितहरूको पुनर्वास र वातावरणीय क्षतिपूर्ति समेत जोड्दा यसको वास्तविक लागत ३७ देखि ५९ अर्ब अमेरिकी डलर सम्म पुगेको अनुमान गरिन्छ ।

यो बाँध बनाउन मात्रै २ करोड ८० लाख क्युबिक मिटर (२८ मिलियन क्युबिक मिटर) कंक्रिट (सिमेन्ट, बालुवा र रोडाको मिश्रण) प्रयोग भएको थियो । यसका साथै ४ लाख ६३ हजार टन स्टिल प्रयोग गरिएको थियो, जसले फ्रान्सको आइफेल टावरजस्ता ६३ वटा टावरहरू सजिलै बनाउन सकिन्छ ।

बाँध निर्माण भएपछि यसको पछाडि एउटा विशाल कृत्रिम ताल बनाइयो जसको क्षेत्रफल र गहिराइले भूगोल नै बदलिदियो । यस कृत्रिम तालमा ३९.३ बिलियन क्युबिक मिटर (झन्डै ३९.३ अर्ब घनमिटर) पानी जम्मा हुँदै आएको छ ।

त्यसैगरी, यो ताल ६०० किलोमिटरभन्दा बढी लम्बाइ र औसत १.१ किलोमिटर चौडाइमा फैलिएको छ । यसको क्षेत्रफल सिङ्गापुरको कुल भूमिभन्दा पनि ठूलो छ । बाँधले नदीको पानीको सतहलाई समुद्र सतहभन्दा १७५ मिटरसम्म माथि उठाएको छ।

null

पृथ्वीको गति नै ढिला

थ्री गर्जेज ड्यामका कारण पृथ्वीको घुम्ने गति सुस्त भयो भन्ने कुरा विज्ञानले नै पुष्टि गरिसकेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका वैज्ञानिकहरूका अनुसार यो बाँधमा पानी पूर्ण रूपमा भरिँदा पृथ्वीको गति दैनिक ०.०६ माइक्रोसेकेन्ड (एक सेकेन्डको १० लाख भागको ६ भाग) ले ढिलो भएको छ । साथै यसले गर्दा पृथ्वीको अक्ष पनि २ सेन्टिमिटरले सरेको छ र पृथ्वीको आकार बीचमा अलिकति चेप्टो भएको छ ।

थ्री गर्जेज ड्याम विश्वकै सबैभन्दा ठूलो क्षमता भएको जलविद्युत केन्द्र हो । यसको कुल उत्पादन क्षमता २२ हजार ५०० मेगावाट रहेको छ, जसमा ३२ वटा मुख्य टर्बाइन र दुई वटा साना टर्बाइनहरू जडान गरिएका छन् ।

यसको पछाडि भौतिक विज्ञानको ‘मोमेन्ट अफ इनर्सिया’ र ‘कोणीय संवेग संरक्षणको नियम’ ले काम गरेको छ । जब ३९.३ अर्ब टन पानी समुद्र सतहभन्दा १७५ मिटर उचाइमा जम्मा गरियो, तब पृथ्वीको पिण्ड यसको केन्द्रभन्दा अलि टाढा र माथि विस्थापित भयो ।

जब कुनै व्यक्ति स्केटरमा घुमिरहेका बेला आफ्नो हात फैलाउँछन्, उनको घुम्ने गति कम हुन्छ र जब हात शरीरको नजिक ल्याउँछन् तब गति बढ्छ । बाँधले ठूलो परिमाणको पानीलाई पृथ्वीको सतहभन्दा माथि उठाएकाले पृथ्वीको घुम्ने गति अलिकति सुस्त हुन पुगेको हो ।

यस बारेमा सन् २००५ मा नासाका वरिष्ठ वैज्ञानिक डा. बेन्जामिन फङ चाउ र उनको टोलीले भू–उपग्रहको तथ्यांक र जियोडाइनमिक्स मोडेलको प्रयोग गरेर पुष्टि गरेका थिए ।

थ्री गर्जेज ड्यामको सफलतापछि चीनले योभन्दा पनि झन्डै ३ गुणा ठूलो जलविद्युत परियोजना निर्माण गर्ने तयारी गरिरहेको छ, जसले दक्षिण एसियाको भू–राजनीतिमा ठूलो हलचल पैदा गरेको छ ।

विद्युत उत्पादन

थ्री गर्जेज ड्याम विश्वकै सबैभन्दा ठूलो क्षमता भएको जलविद्युत केन्द्र हो । यसको कुल उत्पादन क्षमता २२ हजार ५०० मेगावाट रहेको छ, जसमा ३२ वटा मुख्य टर्बाइन र दुई वटा साना टर्बाइनहरू जडान गरिएका छन् ।

यसको उत्पादन ऋतुअनुसार फरक पर्छ । वर्षायाममा यसले दैनिक औसत ५४० देखि ६०० मिलियन किलोवाट–घन्टा (केडब्ल्यूएच) सम्म विद्युत उत्पादन गर्छ । मासिक रूपमा हेर्दा अनुकूल समयमा यसले १५ देखि १८ बिलियन किलोवाट–घन्टासम्म बिजुली उत्पादन गर्दछ । सन् २०२० मा यसले वार्षिक १११.८ बिलियन किलोवाट–घन्टा बिजुली निकालेर विश्व कीर्तिमान कायम गरेको थियो ।

null

चीनले यो बाँधबाट वार्षिक खर्बौं रुपैयाँ बराबरको आम्दानी गरिरहेको छ । सन् २०१८ सम्ममा चीनले यसको निर्माणमा लागेको सम्पूर्ण सावाँ लगानी बिजुली बेचेर र ढुवानी करबाट असुल गरिसकेको दाबी गरेको छ । हाल यसले चीनको ठूलो औद्योगिक क्षेत्रलाई सस्तो र निरन्तर ऊर्जा दिइरहेको छ, जसले गर्दा कोइला आयातमा चीनको अर्बौं डलर जोगिएको छ ।

भारतको सिमानामा अझ ठूलो बाँधको तयारी

थ्री गर्जेज ड्यामको सफलतापछि चीनले योभन्दा पनि झन्डै ३ गुणा ठूलो जलविद्युत परियोजना निर्माण गर्ने तयारी गरिरहेको छ, जसले दक्षिण एसियाको भू–राजनीतिमा ठूलो हलचल पैदा गरेको छ ।

चीनले तिब्बतको पर्यटकीय एवं रणनीतिक क्षेत्र ‘मेडोग’ मा यारलुङ जाङ्बो नदीमा सुपर–ड्याम बनाउने घोषणा गरेको छ । यो नदी भारत पसेपछि ब्रह्मपुत्र बन्दछ र बंगलादेश हुँदै हिन्द महासागरमा मिसिन्छ । हिमालय क्षेत्रको ‘ग्रेट बेन्ड’ (जहाँ नदी अचानक मोडिएर भारततर्फ झर्छ) मा यो बाँध बनाउने योजना छ ।

null

यस प्रस्तावित सुपर बाँधको विद्युत उत्पादन क्षमता मात्रै ६० हजार मेगावाट हुने अनुमान गरिएको छ, जुन थ्री गर्जेजभन्दा झन्डै तेब्बर हो । यसले चीनको ‘कार्बन न्यूट्रल’ लक्ष्यलाई सघाउने चिनियाँ अधिकारीहरूको भनाइ छ।

यो परियोजना भारतको अरुणाचल प्रदेशको सीमानाभन्दा केही किलोमिटर मात्र टाढा पर्ने भएकाले भारत र बंगलादेश अत्यन्तै चिन्तित छन् । 

युद्ध वा तनावको स्थितिमा चीनले अचानक बाँधको ढोका खोलिदिएमा उत्तर–पूर्वी भारत र बंगलादेशमा अभूतपूर्व र विनाशकारी बाढी आउन सक्छ । अर्कोतर्फ सुख्खा याममा चीनले पानी थुनिदिएमा ती क्षेत्रमा पानीको हाहाकार हुन सक्छ ।

यो भूकम्पीय हिसाबले अत्यधिक संवेदनशील क्षेत्रमा पर्दछ । यति ठूलो पहाडी क्षेत्रमा ड्याम बनाउँदा र पानीको भारी वजनले गर्दा ‘कृत्रिम भूकम्प’ जाने र बाँध फुट्ने खतरा रहन्छ, जसले तल्लो तटीय क्षेत्रमा प्रलय ल्याउन सक्छ ।

चीनले ब्रह्मपुत्र नदीको हाइड्रोलोजीकल डाटा (पानीको बहावको तथ्यांक) समयमै साझेदारी नगर्ने गरेको आरोप भारतले लगाउँदै आएको छ ।

यसको काउन्टरमा भारतले पनि अरुणाचल प्रदेशमा आफ्नोतर्फबाट ठूला जलविद्युत परियोजना र भण्डारण बाँधहरू (जस्तै–दिबाङ परियोजना) बनाउने घोषणा गरेको छ, ताकि चीनले छोड्ने अनियन्त्रित पानीलाई व्यवस्थापन गर्न सकियोस् । (एजेन्सीहरूको सहयोगमा)

सान्दर्भिक सामग्रीहरू :

इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू

पौने दुई करोड डलर जरिवाना तिर्न अडानी समूह सहमत

इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति

सुनमा ब्रेक, रुपैयाँमा दबाब

Share News