प्रभु महालक्ष्मीको नाफा साढे २७ करोड रुपैयाँ, १६.९० अर्ब पुग्यो जीवन बीमा कोष

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा १.६० प्रतिशत बढेर २७ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

चालु आवको ९ महिनामा कम्पनीले ४ अर्ब १५ करोड रुपैयाँ खुद बीमा शुल्क र ४ अर्ब ३१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमा शुल्क र ३ अर्ब ५८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ९० करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ३७ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । 

चालु आवको ९ महिनामा कम्पनीले ५ अर्ब १६ करोड रुपैयाँ कुल आम्दानी गरी ४ अर्ब ८९ करोड रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ५४ करोड रुपैयाँ कुल आम्दानी गरी ४ अर्ब २६ करोड रुपैयाँ कुल खर्च गरेको थियो । 

५ अर्ब ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १३ करोड ९४ लाख रुपैयाँ, सञ्चित नाफा ३३ करोड २१ लाख रुपैयाँ र अन्य इक्विटी ३३ करोड ८१ लाख रुपैयाँ र जीवन बीमा कोष १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी ६.९१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११५.६० रुपैयाँ र मूल्य आम्दानी अनुपात ६९.७६ गुणा रहेको छ ।  

Share News