काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड १ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ३६ लाख ४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा चालु आवको ९ महिनामा कम्पनीको खुद नाफा ९१.१५ प्रतिशत कम हो ।
समीक्षा अवधिमा कम्पनीले १ अर्ब ३० करोड ६ लाख ५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३७ करोड ४ लाख ११ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
यस्तै, चालु आवको चैत मसान्तमा कम्पनीले १ अर्ब २७ करोड ७८ लाख २१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको चैतमा कम्पनीले ९२ करोड ९५ लाख ६५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले १ अर्ब ९२ करोड २४ लाख रुपैयाँ कुल आम्दानी गरी १ अर्ब ८६ करोड ५१ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको चैतसम्ममा कम्पनीले २ अर्ब १५ करोड ७८ लाख रुपैयाँ कुल आम्दानी गरी १ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ कुद खर्च गरेको थियो ।
२ अर्ब ८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको चैत मसान्तसम्म निर्जीवन बीमा कोष ११ अर्ब १५ करोड ९९ लाख रुपैयाँ पुगेको छ । यस्तै ३३ करोड २७ लाख ८८ हजार रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीको महाविपत्ति कोषमा २३ करोड १८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १.९१ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ २५०.०६ रुपैयाँ कायम छ ।