काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को अध्यक्षमा डा. बद्री रिजाल विजयी भएका छन् । ३ हजार १ सय ९६ मत सहित विजयी भएका हुँदा उनका प्रतिद्वन्द्वी डा. मंगल रावलले २ हजार ९ सय ४० मतमा चित्त बुझाउनु परेको छ । अन्तिम मत परिणाम अनुसार दुई जना उपाध्यक्ष र तीन जना सदस्य पद बाहेक सबै महत्वपूर्ण पदहरूमा डा. बद्री प्यानलका उम्मेदवारहरू विजयी भएका छन् ।
मतपरिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी, महासचिवमा डा. विश्वराज दवाडी विजयी भएका छन् । जसमा तिवारीले ३ हजार ३६ र डा. दवाडीले २ हजार ७ सय २२ मत प्राप्त गरेका छन् ।
यस्तै कोषाध्यक्षमा डा. संयुक्त आचार्य ३ हजार १ सय ८६, सह– कोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल ३ हजार २ सय ७९ र सहसचिवमा डा हुलास अग्रवाल ३ हजार ५ सय १० मत ल्याइ विजयी भइसकेका छन् ।
रिजालको टोलीले सात मध्ये पाँच प्रदेशका उपाध्यक्ष तथा प्रदेश संयोजक पदमा जित हात पारेको छ । जसमा डा. बद्री प्यानलबाट कोशी प्रदेशमा डा. रोशन खड्का, मधेश प्रदेशमा डा. अमित रञ्जन मिश्र, बागमतीमा डा. सुवास भट्टराई, लुम्बिनी प्रदेशमा डा. नन्दा कुमारी गुरुङ र सुदूरपश्चिममा डा. प्रमोद जोशी विजयी भएका छन् भने डा. मंगलको टीमबाट गण्डकीमा डा. यज्ञराज सिग्देल र कर्णालीमा डा. रबिन खड्काले जित निकालेका छन् ।
यस्तै सदस्यहरूमा डा बद्रीको टिमबाट ३ जनाले जित हासिल गरेका छन् भने डा. मङ्गलको टिमबाट दुई र एक जना टिम रिफर्मका उम्मेदवारले जित हासिल गरेका छन् ।
जसमा रिजाल समूहबाट डा. राकेश साह, डा. सस्मित काफ्ले र डा. बिना श्रेष्ठले जितेका छन् भने टिम मङ्गलबाट डा. अमित झा र डा. पल्पसा श्रेष्ठले जितेका छन् भने टिम रिफर्मबाट डा शेषराज घिमिरेले जितेका छन् ।