काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचनको जारी मतगणनामा डा. मंगल रावल अग्रस्थानमा रहेका छन् । उनलाई प्रतिस्पर्धी डा। बद्री रिजाल पछ्याइरहेका छन्। १ हजार २ सय ८ मत गणना गरिसक्दा डा। रावलले ५ सय ७३ (४७.८३ प्रतिशत) मत प्राप्त गरेका छन्। डा. रिजालले ४ सय ८७ (४०.६५ प्रतिशत) मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका डा. नारायण प्रसाद भुसालले १३८ (११.५२ प्रतिशत) पाएका छन्।
वरिष्ठ उपाध्यक्षतर्फ भने कडा प्रतिस्पर्धा देखिएको छ । जसमा डा। किर्तिपाल सुवेदी ५ सय ४९ मतसहित अग्रस्थानमा रहँदा डा. संजीव तिवारी ४ सय २० मतसहित पछ्याइरहेका छन्। भने डा. अजय कुमार मिश्र १ सय ८४ भोट प्राप्त गरेका छन् ।
यस्त जारी मतगणना अनुसार महासचिव पदमा डा. कालु सिंह खत्री ४ सय ४९ मतसहित अगाडि छन् भने डा। बिश्वराज दवाडी १ सय १२ मत ल्याउदै खत्रीलाई पच्छ्याइरहेका छन् भने डा अमृत भुसालले २ सय ९१ मत सहित तेस्रो स्थानमा रहेका छन् ।
प्रदेश संयोजकतर्फ अधिकांश क्षेत्रमा टिम बद्रीका उम्मेदवारको अग्रता कायम रहेको देखिन्छ । कोषाध्यक्ष पदमा डा। संयुक्ता आचार्य अगाडि रहँदा सह–सचिवमा डा। हुलास अग्रवाल र सह–कोषाध्यक्षमा डा। तेज्सु सिंह मल्लले स्पष्ट अग्रता कायम गरेका छन्।
सदस्य पदतर्फ डा. हिमलाल भण्डारी, डा। अरुण उप्रेती, डा। शेषराज घिमिरेलगायत उम्मेदवारहरू शीर्ष स्थानमा छन्। कुल ६ सदस्य चयन हुने व्यवस्था रहेको छ । मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।