ई–बिडिङ ह्याक प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–बिडीङ प्रणालीमा अनाधिकृत पहुँच पुर्याएको आरोपमा थप एक व्यक्ति पक्राउ परेका छन् ।

बुधबार (आज) काठमाडौं मण्डिखाटार बस्ने ७० वर्षीय ऋषिकेश गौलीलाई पुरानो बानेश्वरबाट साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । 

हालसम्म १० दशजना निर्माण व्यवसायीहरू समेत गरी जम्मा १३ जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

Share News