डोनाल्ड ट्रम्पको रात्रिभोजमा गोली चल्यो, एक जना पक्राउ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आयोजना गरेको रात्रिभोजमा गोली चलेको छ । ह्वाइट हाउसमा संवाददाताहरूसँगको रात्रिभोजमा गोली चलेको हो । 

अमेरिकी सञ्चार माध्यमका अनुसार अमेरिकी सीक्रेट सर्भिसका एक जना अधिकारीलाई गोली लागेको छ । तर, बुलेट प्रुफ भेस्ट लगाएका कारण उनी बाँचेका छन् । अहिले उनको उपचार भइरहेको छ । 

नजिकैको हिल्टन बलरुम बाहिर गोली चलेको जस्तो आवाज सुनिएपछि रात्रिभोजमा सहभागी भएकाहरू टेबल मुनी लुकेका थिए । त्यसपछि पहिले ट्रम्पलाई र रक्षामन्त्री पिट हेग्सेथलाई सुरक्षा घेरामा हलबाट निकालिएको थियो । 

सहभागी भइरहेका समयमा गोली चलाउने सन्दिग्ध व्यक्ति पक्राउ परेका छन् । नियन्त्रणका लिइएका व्यक्तिको तस्बिर राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । 

गोली प्रहारको आरोपमा पक्राउ परेका व्यक्ति क्यालिफोर्निआका ३१ वर्षीय युवक रहेको खुलेको छ । उनी रात्रिभोज चलिरहेको होटेलमै बसिरहेको अन्तर्राष्टिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

Share News