गोल्छा प्रहरीको नियन्त्रणमा

फाइल तस्बिर ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख मनोज केसीले नक्सालबाट उनलाई नियन्त्रणमा लिएको विकासन्युजलाई जानकारी दिए ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा ९१० र दफा ९८ बमोजिमको कसूरमा संलग्न रहेको देखिएपछि उनीमाथि थप अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।

धितोपत्र बोर्डले तयार पारेको ‘प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३’ मा गोल्छा लगायतका व्यक्तिहरूको मिलेमतोमा धितोपत्र बजारलाई प्रभावित पार्ने र कानुन विपरीतका कार्यहरू भएको उल्लेख छ । 

सोही प्रतिवेदनका आधारमा बोर्डले थप अनुसन्धान र कारबाहीका लागि ब्यूरोमा सिफारिस गरेको थियो । 

अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलबाट आजै पक्राउ अनुमति प्राप्त भएलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । 

हुलासचन्द्र गोल्छाका छोरा शेखर गोल्छामाथि अब धितोपत्र सम्बन्धी ऐनको दफा १०३ को उपदफा (३) बमोजिम कानुनी प्रक्रिया अगाडि बढाइने ब्यूरोले जानकारी दिएको छ ।

Share News