काठमाडौं । पत्रकार किशोर श्रेष्ठ प्रहरीले पक्राउ परेका छन् । बुधबार साँझ ललितपुरस्थित निवास छेउबाट उनलाई प्रहरीले पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सन्तोष खड्काले जानकारी दिए।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीविरुद्ध पक्राउ पुर्जी निकालेको थियो । उनलाई अहिले परिसरको हिरासतमा राखिएको छ ।
वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको खडकाले जानकारी दिए ।