नेपाल वायुसेवा निगम सुधार गर्न पर्यटन मन्त्रालयले माग्यो सुझाव

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगमको सुधार गर्न नागरिक र सेवाग्राहीसँग सुझाव माग गरेको छ ।

मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार नेपाल वायुसेवा निगम सुधारको लागि अध्ययन गर्न गठित समितिमा नेपाल वायुसेवा निगमको संरचना, सेवा प्रवाह, कर्मचारी व्यवस्थापन लगायत समग्र सुधारका लागि सुझाव मागिएको हो ।

सचेत नागरिक तथा सेवाग्राहीको रूपमा सूचना प्रकाशित भएको सात दिनभित्र आफ्ना रचनात्मक सुझाव दिन सबैलाई अनुरोध गरेको छ । 

‘सुझावहरू मन्त्रालयको इमेल ठेगाना [email protected] अथवा ह्वाट्सएप नं. ९८५१३१२७२२ मा पठाउनु हुन अनुरोध छ,’ मन्त्रालयले भनेको छ ।

Share News