आन्दोलनमा भएको क्षतिको बीमा दाबी रकम २३ अर्ब २२ करोड

काठमाडौं । हालैको आन्दोलनका क्रममा भएका भौतिक र अन्य क्षतिको बीमा दाबी रकम बुधबार (असोज २२ गते) सम्ममा करिब २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका ३ हजार ९९ वटा दाबीका आधारमा सो रकम दाबी गरिएको हो ।

निर्जीवन बीमा कम्पनीहरूले बुधबारसम्ममा अग्रिम भुक्तानीसहित करिब १ अर्ब २९ करोड १९ लाख रुपैयाँ वितरण गरिसकेका छन् ।

त्यस्तै, क्षतिको सर्भे प्रतिवेदन तयार गर्न २ हजार ७०६ जना सर्भेयर खटाइएको र तीमध्ये ३७४ सर्भे प्रतिवेदन प्राधिकरणमा पेश भइसकेको जानकारी प्राप्त भएको छ ।

Share News