काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबारका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको छ ।
बिहीबार प्रतितोला १ लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाला सुन आज तोलामा १ हजारले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला २ हजार ३१५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला २ हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।