काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले पवित्र रमादान महिना र ईद पर्वको अवसरमा १६६ जना नेपाली बन्दीलाई आममाफी दिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार, यूएई सरकारले नेपाली बन्दीहरूको मुक्तिको लागि यो कदम चालेको हो । यो आममाफी पाउँदा १६६ जना नेपाली नागरिकलाई थुनाबाट रिहा गरिएको छ ।
परराष्ट्र मन्त्रालयले यूएई सरकारप्रति कृतज्ञता व्यक्त गर्दै उक्त कदमलाई द्विपक्षीय सम्बन्धको लागि सकारात्मक र हार्दिकतापूर्ण नमूना रहेको जनाएको छ ।
मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यूएई सरकारले यो रमाइलो अवसरमा नेपाली बन्दीहरूलाई आममाफी दिएकोमा हामी आभारी छौँ। यो कदमले हाम्रो आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने छ ।’
यस निर्णयले नेपाल र यूएई बीचको द्विपक्षीय सम्बन्धमा थप सहयोग र समझदारीको सन्देश दिएको परराष्ट्र मन्त्रालयको भनाइ छ ।