ग्लोबल आइएमई बैंकका ग्राहकहले लुम्बिनी मेडिकल कलेजमा २५ प्रतिशत छुट पाउने

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहररूले लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र लुम्बिनी मेडिकल कलेजबिच ग्राहकहररूलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । उक्त समझदारीमा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहररूले लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र लुम्बिनी मेडिकल कलेजबिच ग्राहकहररूलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

उक्त समझदारीमा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गरे । सहमति अनुसार अस्पतालले बैंकका डेबिट तथा क्रेडिट कार्ड एवम् बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरूलाई अस्पतालको सेवा तथा औषधी उपचारमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स-रे, अल्ट्रासोनोग्राफी, ओपीडी र अपरेशन लगायतका सेवाहरुमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

साथै, बैंकका ग्राहकहरूले गुणस्तरीय स्वास्थ्य सेवा सुविधाहरू उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरू विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने अध्यक्ष पोखरेलले बताए । यो पहलले पहूँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरा समेत पोखरेलले स्पष्ट पारे ।

यसैगरी, बैंकका लुम्बिनी प्रदेश प्रमुख शिवाकोटीले लुम्बिनी मेडिकल कलेजसँगको साझेदारीले ग्राहकहरू लाभान्वित हुने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास व्यक्त गरिन् ।

ग्लोबल आइएमई ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क तथा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share News