ट्रकमा भेटिएको भेपबारे भाटभटेनीको स्पष्टिकरणः अवैध भेप भाटभटेनीको होइन, दूष्प्रचार गरियो

<p>काठमाडौं । भाटभटेनी सुपरमार्केटले सिन्धुपाल्चोक जिल्लामा समातिएको अवैध भेप आफ्नो नभएको स्पष्टिकरण दिएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले गम्भीर ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधि सभा बैठकमा संसदहरूले राखेको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको गुरुङले उल्लेख गरेको छन् । &#8216;प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा माननीयद्वय गंगा कार्की र मनिष झाले व्यक्त [&hellip;]</p>

काठमाडौं । भाटभटेनी सुपरमार्केटले सिन्धुपाल्चोक जिल्लामा समातिएको अवैध भेप आफ्नो नभएको स्पष्टिकरण दिएको छ ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधि सभा बैठकमा संसदहरूले राखेको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको गुरुङले उल्लेख गरेको छन् ।

‘प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा माननीयद्वय गंगा कार्की र मनिष झाले व्यक्त गर्नुभएको धारणाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सार्वभौम जनताका प्रतिनिधिमुलक थलो प्रतिनिधिसभामा व्यक्त भएका धारणाहरू तथ्यमा आधारित हुनुपर्छ भन्ने मान्यतामा हामी पनि विश्वास गर्दछौं । तथापि सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको अवैध भेप भाटभटेनीको भनी उहाँहरूले व्यक्त गर्नुभएको धारणामा कुनै पनि सत्यता नभएको स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

‘भाटभटेनीको भनी जनताका प्रतिनिधिले नै ठोकुवा गर्नु खेदजनक कार्य हो । मुलुकको समृद्धि र राष्ट्र निर्माणको अभियानको अग्रणी कर्पोरेट संस्थाका बारेमा फैलाइएको कपोलकल्पित, भ्रामक सूचनाका पछि नलाग्न आम नागरिकमा अपील गर्न चाहन्छौं,’विज्ञप्तिमा भनिएको छ ।

तातोपानी भन्सारबाट शिल लगाएर पास गरिएको सामग्रीबाहेक चालक तथा सहचालकले गर्ने हरेक कमजोरीको जिम्मेवारी आयातकर्ताको जिम्मेवारीभित्र नपर्ने गुरुङको दाबी छ ।

पक्राउ परेका चालकलाई अनुसन्धानको दायरामा ल्याएर सत्यतथ्य सार्वजनिक गरिदिन राज्यका सम्बन्धित निकायसँग गुरुङले अनुरोध गरेका छन् ।

साथै भाटभटेनीले अर्बौं रुपैयाँ दान दातव्यमा खर्च गरिरहेको संस्थाको बदनामी गराउन अवैध भेपलाई जोडेर प्रचार गरिनु राम्रो काम गर्ने व्यक्तिको मानसिकता कमजोर तुल्याउने षडयन्त्र भएको विज्ञप्तिमा उल्लेख छ ।

Share News