काठमाडौंमा लामिनारका थप दुई एम्पोरियो शोरुम सञ्चालनमा

काठमाडौं । नेपाली टाइल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकाभित्र थप दुई वटा एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ ।

कम्पनीले काठमाडौंको शङ्खरापुर नगरपालिका–साँखुस्थित सुपर सप्लायर्स प्रालि र गोकर्णेश्वर नगरपालिका–जाम्बुडाँडास्थित बंसल टाइल्स एन्ड ग्रेनाइट हबसँगको सहकार्यमा नयाँ शोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार बर्दियास्थित उद्योगमा उत्पादन हुने लामिनारका फुल्ली भिट्रिफाइड टाइल्स कम पानी सोस्ने र उच्च मजबुतीका भएकाले घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक र सार्वजनिक भवनमा प्रयोगका लागि उपयुक्त छन् ।

नयाँ शोरुमहरूमा फुल बडी, एन्टिब्याक्टेरियल सर्फेस र हाई–ग्लोससहित ५०० भन्दा बढी डिजाइनका टाइल्स उपलब्ध रहेको कम्पनीले जनाएको छ । यी शोरुम विशेषगरी घरधनी, ठेकेदार, आर्किटेक्ट तथा संस्थागत ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो  ।

कम्पनीका अनुसार ग्राहकलाई आवश्यकताअनुसार उपयुक्त टाइल छनोट गर्न परामर्श सेवा पनि उपलब्ध गराइनेछ ।

लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरीवालले नयाँ शोरुममार्फत ग्राहकले टाइलको गुणस्तर, डिजाइन र उपयोगिताका आधारमा सहज रूपमा छनोट गर्न सक्ने बताए ।

सुपर सप्लायर्स प्रालिका अध्यक्ष भँवरलाल बिश्नोईले पछिल्लो समय ग्राहकले डिजाइनसँगै टाइलको टिकाउपन र सरसफाइको सहजतालाई पनि प्राथमिकता दिन थालेको बताए ।

Share News