अमेरिकी ट्यारिफले बीएमडब्ल्यूको आम्दानीमा असर, अर्थतन्त्र सबैभन्दा ठूलो घाटामा पर्ने ईयूको चेतावनी

<p>काठमाडौं । जर्मन कार निर्माता बीएमडब्ल्यूले शुक्रबार यस वर्ष शुल्कका कारण कम्पनीलाई १ अर्ब युरो (१.०९ अर्ब डलर) घाटा हुने अपेक्षा गरेको बताएको छ । जबकि युरोपेली संघ (ईयू)का अधिकारीहरूले चेतावनी दिएका छन् कि यदि राष्ट्रपति डोनाल्ड ट्रम्पले &#8216;मूर्खतापूर्ण&#8217; व्यापार युद्धलाई अघि बढाए भने अमेरिकी अर्थतन्त्र सबैभन्दा ठूलो घाटामा पर्नेछ । बीएमडब्ल्यू अमेरिकन सरकार र [&hellip;]</p>

काठमाडौं । जर्मन कार निर्माता बीएमडब्ल्यूले शुक्रबार यस वर्ष शुल्कका कारण कम्पनीलाई १ अर्ब युरो (१.०९ अर्ब डलर) घाटा हुने अपेक्षा गरेको बताएको छ ।

जबकि युरोपेली संघ (ईयू)का अधिकारीहरूले चेतावनी दिएका छन् कि यदि राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मूर्खतापूर्ण’ व्यापार युद्धलाई अघि बढाए भने अमेरिकी अर्थतन्त्र सबैभन्दा ठूलो घाटामा पर्नेछ ।

बीएमडब्ल्यू अमेरिकन सरकार र इयूबीचको व्यापार विवादको प्रत्यक्ष मारमा परेको छ । यो अप्रिलको सुरुवातमा अझ चर्किने अपेक्षा गरिएको छ किनकि ट्रम्पले इयू र अन्य देशहरूको उच्च शुल्क दरहरूलाई मिलाउन र उनीहरूको गैरशुल्क व्यापार बाधाहरूको प्रतिकार गर्न ‘पारस्परिक’ शुल्क लगाउने तयारी गरेका छन् ।

बीएमडब्ल्यूका प्रमुख कार्यकारी ओलिभर जिप्सेले नव–लागू अमेरिकी शुल्कहरू र चीनमा बनेका यसको विद्युतीय सवारीहरूमा ईयू शुल्कका कारण कम्पनीलाई २०२५ को आम्दानीमा १ अर्ब युरो (१.०९ अर्ब डलर) को घाटा हुने अपेक्षा गरिएको छ ।

उनले यस प्रभावको कम्पनीको अनुमानलाई ‘सावधानपूर्वक लिएको’ भने, तर कार्यकारीहरूले अहिलेसम्म लगाइएका सबै शुल्कहरू वर्षभरि रहिरहने आशा नगरेको बताए ।

युरोपको सबैभन्दा ठूला कार निर्मातामध्ये एक बीएमडब्ल्यूले गत वर्ष आफ्नो नाफामा ३७ प्रतिशत गिरावट भएको रिपोर्ट गरेको छ।

ट्रम्पले अमेरिकी इस्पात र एल्युमिनियम आयातमा शुल्क वृद्धि गरेका छन् र मेक्सिकोबाट आयात हुने ती सवारीसाधनहरूमा २५ प्रतिशत शुल्क लगाएका छन् ।

ट्रम्पले व्यापारमा ईयूलाई ‘शत्रुतापूर्ण र अपमानजनक’ भनेका छन् । आगामी अप्रिल २ मा ईयू थप अमेरिकी शुल्कको लागि लाइनमा छ । ब्लकले प्रतिशोधको योजना बनाएको छ भने संवादको आह्वान गरिरहेको छ ।

इयू व्यापार आयुक्त मारोस सेफ्कोभिचले शुक्रबार अमेरिकी वाणिज्य सचिव होवार्ड लुटनिक र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरसँग बढ्दो शुल्क संघर्षबारे कुरा गरेका थिए ।

‘अगाडि धेरै काम छ, तर केन्द्रित रहौं र सही दिशामा अघि बढ्ने उत्तम उपायहरूको खोजी गरौं,’ सेफ्कोभिचले एक्समा पोस्ट गरेका छन् ।

सेफ्कोभिचले यसअघि अटलान्टिकको दुवैतर्फ शुल्कहरू घटाउने विषयमा छलफल गर्न ईयू तयार रहेको बताएका थिए ।

यो छलफल ट्रम्पले ईयूको प्रतिशोध योजनाको प्रतिक्रिया स्वरूप युरोपबाट आयात हुने वाइनलगायतका अन्य मादक पदार्थहरूमा २०० प्रतिशत शुल्क लगाउने धम्की दिएपछि आएको हो ।

विश्वको सबैभन्दा ठूलो मादक पदार्थ उत्पादक कम्पनी डियाजियोले अमेरिकी व्यापार प्रतिनिधिलाई सार्वजनिक टिप्पणी पत्रमा अमेरिकी सरकारले शुल्कको विकल्पका रूपमा व्यापार सम्झौताहरूमा मूल नियमहरूलाई कडा बनाउने विषयमा विचार गर्न आग्रह गरेको छ ।

फ्रान्सका वित्त मन्त्री एरिक लोम्बार्डले शुक्रबार भने, ‘ईयू र यसको अमेरिकी साझेदारबीचको व्यापार युद्ध मूर्खतापूर्ण हुनेछ ।’ तर उनले २७ देशीय ब्लकले थप शुल्कहरूमा जवाफी कारबाही गर्ने बताए । (एजेन्सीहरूको सहयोगमा)

ट्रम्पको शुल्कका कारण अमेरिकी निर्यातकर्ताले प्रतिशोधात्मक शुल्क सामना गर्नसक्ने टेस्लाको चेतावनी

मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै

हाइब्रिडमा सफलतापश्चात ईभीमा जम्दै टोयोटा, २०२५ र २६ मा नौवटा नयाँ ईभी ल्याउने

निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा

Share News