काठमाडाैं । नेकपा एमालेका दुई जना नेताहरु शेरबहादुर तामाङ र केशव स्थापित लामो समयदेखि गाँजाको प्रयोगलाई वैधानिक बनाउनु पर्ने आवाज उठाइरहेका छन् । पूर्वमन्त्रीसमेत रहेका तामाङले र बागमती प्रदेश पूर्वमन्त्री समेत रहेका केशव स्थापितले लामाे समयदेखि गाँजा वैधानिक हुनु पर्ने माग उठाइरहेका छन् ।
अहिले कार्यान्वयनमा रहेको लागू औषध नियन्त्रण कानुन अनुसार गाँजाखेती, सेवन, ओसार पसार र विक्री वितरण गर्न प्रतिवन्ध लगाइएको छ । यस्तो प्रतिबन्ध लगाउने कार्य हचुवाको भरमा भएको, अध्ययन अनुसन्धानविनै प्रतिबन्ध लगाएर नेपालको आर्थिक अवस्था कमजोर पार्ने कार्य भएको तामाङ र स्थापितको भनाइ रहँदै आएको छ ।
गाँजा खेती खुल्ला गर्नुपर्ने आवश्यक किन पर्यो ? गाँजाको महत्व के छ ? भन्ने लगायतका विषयमा पूर्वमन्त्रीद्वय तामाङ र स्थापितसँग विकासन्युजले संयुक्त कुराकानी गरेको थियाे । साेही कुराकानीलालाई हामीले आज शिवरात्रीको अवसर पारेर पुनः प्रकाशन तथा प्रसारण गरेका छौं ।